जनता टाइम्स

६ भाद्र २०७९, सोमबार १७:००

७.२४ अंकले घट्यो सेयर बजार


काठमाडौं, ६ भदौ । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ ।

५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो । कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । साथै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।