जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १२:२९

सुनचाँदीको मूल्य घट्यो


काठमाडौं, भदौ ७ । सुनचाँदीको मूल्य घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० ले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।