जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १३:१७

रवि लामिछाने नेतृत्वको पार्टीले छान्यो पदाधिकारी, को-को परे ?


काठमाडौं, भदौ ७ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी चयन गरेको छ । सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गरेको जनाएको हो ।

जसअनुसार उपाध्यक्षमा डोलप्रसाद अर्याल, महामन्त्रीमा मुकुल ढकाललाई चयन गरिएको छ । यस्तै कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा चयन गरिएको छ ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको जनाएको छ। बैठकले बेथिति विरुद्ध खबरदारी गर्ने भन्दै केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गरेको छ ।