काठमाडौं, ७ भदौ । सर्वसाधारणलाई श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।
बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिरहामा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्