जनता टाइम्स

८ भाद्र २०७९, बुधबार १८:१८

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सुकेधाराबाट पक्राउ


काठमाडौं, ८ भदौ । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्‍ने गाउँपालिका–५ सिस्ने घर भई हाल काठमाडौं–१३ बाफल बस्‍ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।