जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार ११:५४

सुनचाँदीको भाउ बढ्यो


काठमाडौं, भदौ ९ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।