जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार १७:४०

झिनो अंकले बढ्यो सेयर, सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो


काठमाडौं, ९ भदौ । सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले बढेको छ । बजार बन्द हुने समयमा २ दशमलव ८७ प्रतिशतले बढेको छ । बजार खुल्ला भएपछि बढेको सेयर बीचमा गिरावट आएको थियो। सेयर परिसूचक २ हजार ५७ दशमलव ८५ अंकमा पुगेको छ ।

जीवन बीमा कम्पनी समूहको ६३ दशमलव ३१ अंकले बढेको छ । ट्रेडिङ कम्पनी समूहको २२ दशमलव २४ अंकले घटेको हो । आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा एक खर्ब ५२ करोडको कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो पावर कम्पनी रहेको छ । जसको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै सिद्धार्थ इक्विटी फन्डले सबैभन्दा धेरै गुमाएको छ। जसको ३ दशमलव ५८ प्रतिशतले गिरावट आएको छ ।