जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार ११:००

मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार


काठमाडौं, भदौ १०। मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर १५ भदौबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले ६ भदौमा र कम्पनी रजिष्ट्रार कार्यालयले ९ भदौमा अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।