जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १८:३८

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन एमालेले गर्यो आयोगमा निवेदन दर्ता


काठमाडौं, भदौ १० । नेकपा एमालेले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

आयोगले समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आयोगमा निवेदन दिन आह्वान गरेको थियो । सो बमोजिम एमालेले पहिलो दिन आज नै प्रतिनिधि सभा सदस्य र सातै प्रदेशमा समानुपातिक तर्फको प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ ।

दल दर्ताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अख्तियारी प्राप्त गरी निर्वाचन विभागका सचिव केदार कोइरालाले आयोगमा निवेदन दर्ता गराउनुभएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।