जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १९:३८

गठबन्धन नगरे नेकपा एस सून्य सिटमा सिमित हुने माधवको स्विकारोक्ति


काठमाडौं, भदौ १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी चुनावमा एक्लै जाँदा संघ र प्रदेश दुवैमा प्रत्यक्षतर्फ आफ्नो दलको सून्य सिट आउने स्वीकारोक्ति गर्नुभएको छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा माधवले यस्तो स्वीकारोक्ति गर्नुभएको हो । पत्रकार धमलाले नेकपा एस कांग्रेसको पुच्छर बनेकै हो, चुनाव त एक्लै जाँदा सून्य सिट आउछ नि भन्दै प्रश्न गरेपछि माधवले यस बिषयमा म जवाफ दिन्न भन्दै आफ्नो दलको हरिबिजोग हुने कुरा गर्नुभएको छ ।

माधवले भन्नुभएको छ हामी हेरौला नि, कांग्रेसका नी नेताहरुको हुति हेरौला, ल एक्लै उठुन त, एक्लै उठेर देखाउन त ? एक्लै… कांग्रेसका कुन कुन नेता एक्लै जित्दा रेछन हेरौ न त, चुनौती छ,’ नेपालले भन्नुभयो । त्यसलगत्तै धमलाले तपाईंहरु त एक्लै जाँदा सून्य सिटमै हो नि भन्दै थप प्रश्न गरे, नेपालले जवाफ फर्काउनु भयो– यो कुराको म जवाफ दिन्न ।’