जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १३:१३

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास


काठमाडौं, १६ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।