जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार २२:३८

घट्दा न घटाएको डिजेल र मट्टितेलको मूल्य आज प्रतिलिटर ६ रुपैयाँले बढायो


काठमाडौं, १६ भदौ ।  नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । आज इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति उल्लेख छ ।बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

यससँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । पेट्रोलमा भने मूल्य बढाइएको छैन । त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आए पनि नेपालमा घटाइएको छैन ।
विज्ञप्तिः