जनता टाइम्स

१७ भदौ २०७९, शुक्रबार ०७:४७

नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीको माग (हेर्नुहोस् सूचना)


काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।