लमजुङ १७ भदौ । मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर(चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ । लगातार भइरहेको वर्षाले बेसीसहर–चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ । सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ ।
लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताउनुभयो । डुम्रे बेसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिएपनि सफल हुन नसकेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्