जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १७:५५

गोल्डेन ओक १२ औं कृति अवार्डसमा उत्कृष्ट मनोनयनहरुको घोषणा


काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्डस २०७९ को बिभिन्न ३१ वटा बिधामा परेको ४२५ मनोनयनहरु मध्ये हरेक बिधामा उत्कृष्टताको उच्चतम ५ वटा सम्मका मनोनयनहरु घोषणा गरेको छ ।

बिहीवार होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहबीच मनोनयनहरुको घोषणा गरिएको हो । उक्त कार्यक्रममा विज्ञापन व्यबसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्र्मीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

विज्ञापन व्यबसायि, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डेन ओक १२औं कृति अवार्डस् २०७९को तीन शिर्षकमध्य मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शिर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट–३/३ छनौटहरुको घोषणा गरिएको हो । यस गोल्डेन ओक १२औं कृति अवार्डस्मा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।