काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ ।
फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।
महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको पाण्डेले बताउनु भयो । उहाँका अनुसारअहिले कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्