जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २१:१०

गठबन्धनको निद हराम गर्ने गोकुल बाँस्कोटा एमालेबाट सर्वसम्मत उम्मेदवार


काभ्रेपलाञ्चोक, भदौ १९ । पूर्वसञ्चारमन्त्री गोकुल बाँसकोटा आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधिसभामा उम्मेदवार सिफारिश हुनुभएको छ ।

निर्वाचन क्षेत्रीय कमिटी–२ ले पूर्वमन्त्री बाँस्कोटालाई सर्वसम्मत उम्मेदवार चयन गर्दै एकल नाम सिफारिश गरेको हो । एमाले काभ्रेका इञ्चार्जसमेत रहनुभएका बाँस्कोटा आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा स्थापित हुनुहुन्छ ।

बिपक्षीलाई कडा प्रहार गर्नसक्ने क्षमताका बाँस्कोटाको एकल उम्मेदवारी सिफारिशसँगै उहाँको चुनावी अभियान सुरु भएको छ । गठबन्धनले कस्लाई उठाउने भन्ने बिवादमा रुमल्लिनु परेको बेला बाँस्कोटा सर्वसम्मत हुनुभएको हो । काभ्रेको बिकासवादी नेताका रुपमा स्थापित बाँस्कोटा पाँच दलीय गठबन्धनको निद हराम गर्ने युवा नेताका रुपमा परिचित छन ।