तनहुँ, भदौ १९ । आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत सिफारिस हुन असफल हुनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित ३ जनाको नाम पार्टीले सिफारिस गरेको छ ।
कांग्रेस तनहुँले पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईको नाम पनि सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई जिल्लामा आएको नामावली केन्द्रमा सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताउनु भयो । खनालका अनुसार समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का विकको नाम सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीको दौडमा रहेका वरिष्ठ नेता पौडेल गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको राजनीतिक भविष्यका विषयमा चर्चा चल्न थालेको छ । प्रधानमन्त्री बन्छु भन्दै भाषण गरेपछि पौडेल सर्वसम्मत हुन नसक्नु भएको कांग्रेसकै एक नेताले बताएका छन ।













प्रतिक्रिया दिनुहोस्