जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १२:१०

प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो


काठमाडौं, २० भदौ । प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८।३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ ।

९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।