भक्तपुर, २२ भदौ । मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित हुनुभएको उहाँ यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै हुनुहुन्छ । नारायणमान विजुक्छें रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदबारी बनाउनुभएको थियो ।
सुवाल विजयी पनि हुनुभयो । त्यसपछि दोश्रो पटक २०७४ सालमा पनि सुवाललाई नै उम्मेदबारी बनाइयो, फेरि पनि उहाँ फराकिलो मतान्तरले विजयी हुनुभयो । यस वर्ष ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुवाल नै एक्लो दावेदार हो । पार्टीका अर्का सशक्त दावेदार सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुखमा रहे पछि सुवाल मात्रै एक्लो दावेदारका रुपमाहुनुहुन्छ यस क्षेत्रमा नेककिपाबाट ।
सुवाल पार्टीका केन्द्रिय सचिव पनि हो । नेमकिपाको पकड क्षेत्र भए पनि यो क्षेत्रमा अन्य पार्टीहरुको पनि उम्मेदबारी नपर्ने भने होइन । अहिले गठबन्धनबाट सशक्त दावेदारका रुपमा आउनुभएको छ, डा. राजेन्द्र कोजू । भक्तपुर–९ तौलाछेंका डा. कोजू नेकपा एकीकृत समाजवादीबाट क्षेत्र नं १ मा सिफारिस हुनुभएको छ । उहाँ पाँंचदलीय गठबन्धनबाट पनि सिफारिस हुने सम्भावना रहेको स्थानीय नेताहरु बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्