काठमाडौं, २३ भदौ । यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहनुभएको भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि जिम्मेवारी सुम्पिएको हो ।
उहाँलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिनुभएको हो । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिनुभएको हो । प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ । यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्