काठमाडौं । दुई बर्षअघि ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका शाखा अधिकृत रामबाबु मण्डललाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गर्नुभएको छ । आइतवार नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा देउवाले मण्डललाई सम्मान गर्नुभएको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ३० मंसिर, २०७६ मा सेवाग्राहीसँग ५ लाख घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएका कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले मण्डललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्