जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १५:०२

लर्डबुद्ध एडुकेशन फाउण्डेसनको ब्राण्ड एम्बेसडरमा प्रदीप खड्का नियुक्त


काठमाडौं, साउन १२ । लर्डबुद्ध एडुकेशन फाउण्डेसन (एल.वि.ई.एफ.)को ब्राण्ड एम्बेसडरमा कलाकार प्रदीप खड्का नियुक्त हुनुभएको छ ।

नेपालको पहिलो सूचना प्रविधि अध्ययन अध्यापन गराउने संस्था लर्डबुद्ध एडुकेशन फाउण्डेसनले आइतबार ललितपुरमा पत्रकार सम्मेल गरी कलाकार तथा उक्त संस्थाका पूर्वविद्यार्थी प्रदिप खड्कालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

नायक खड्काले आफुले अध्ययन गरेको संस्थाको ब्राण्ड एम्बेसडर हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । कसैको भविष्यको विषयमा विज्ञापन गर्दा आफु ‘कन्फिडेन्ट’ हुन जरुरी रहेको खड्काले बताउनुभयो ।

‘लर्डबुद्ध एडुकेशन स्थापनाको २१ वर्षको अनुभवी संस्था हो, जसले लाइफटाईम ग्यारेन्टी भएको प्रडक्ट दिन्छ ।’ कलाकार खड्काले भोलिका दिनमा यस कलेजमा कतिपय विद्यार्थीहरु प्रदीपको विश्वासको भरमा पढ्न आउन सक्ने बताउँदै यसको जिम्मेवारी आफुले बहन गर्नुपर्ने बताउनुभयो ।

उक्त संस्थाले हाल युनिभर्सिटी अफ बेडफर्डसायर युकेको विश्वविद्यालयसँगको सहकार्यमा बीबीए, बीएससी, कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङका कक्षाहरु सञ्चालन गराइरहेको छ ।

यसैगरि, पाटन कलेज अफ प्रोफेसनल स्टडिजले यहि अगस्ट १० गते (श्रावण २५ गते) ओपन हाउस इभेन्ट सञ्चालन गर्ने भएको छ । जसमा सहभागिहरुले विभिन्न सांगितिक प्रस्तुतिहरुको साथै मनोरञ्जनात्मक खेलहरु, दक्ष ब्यक्तिहरुबाट करियर गाइडेन्स गराइने जनाएको छ ।

यसका साथसाथै एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनले कम्प्यूटरमा आधारित क्यारियर एसेस्मेन्ट सञ्चालन गर्न लागेको छ । यो एक वैज्ञानिक पद्घती हो जसले औंठाछापको अध्ययनद्वारा व्यत्तिको व्यक्तित्व र क्षमता पत्ता लगाउने  गर्दछ ।

हाल विश्वमै प्रचलित यस टेस्टले लोकप्रियता हासिल गर्दै आइरहेको छ । यस टेस्टको विकास न्युरोसाइन्स, इम्ब्रोलोजी, जेनेटिक्स, मनोविज्ञान तथा डर्माटोग्लाफिक्समा आधारित भई दक्ष चिकित्सक तथा वैज्ञानिकहरुले गरेका हुन् ।