जनता टाइम्स

२५ भाद्र २०७९, शनिबार १९:०७

बेनेलीको दशैँ अफर : मोटरसाइकल किन्दा २ लाख ५ हजार


काठमाडौं, २५ भदौ । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि. ले विगत ७ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले दशैं फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिनेछ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिनेछ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिनेछ । त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । यसरी किन्नु भन्दा पहिले १ लाख, किन्दा १ लाख र किनेपछि ५ हजार गरी २ लाख ५ हजार पाउने सकिने छ ।