जनता टाइम्स

२ आश्विन २०७९, आईतवार ०९:१९

रहेनन वरिष्ठ पत्रकार देवेन्द्र गौतम


काठमाडौं, असोज २ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बिहान देहान्त भएको छ । उहाँ बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । 

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई निमोनिया  देखिएपछि आइसियुमा उपचार गरिँदै भेन्टिलेटरमाराखिएकोथियो । 

सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक  सभापति ७७ वर्षीय गौतमलाई कोभिड सङ्क्रमणबाटमुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उहाँले सदा प्रजातन्त्रका पक्षमा कलम चलाउनुभएको थियो ।

पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन, प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोकलगाएको थियो । 

२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उहाँलाई छ महिना हनुमानढोकामाथुनिएको थियो ।  त्यहीँको अनुभवमा उहाँले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेख्नुभयो । 

उहाँलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ । उहाँका सुपुत्र किरण गौतमका अनुसार उहाँको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा हुनेछ ।