जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ०८:२०

दयानिधि सापकोटाद्वारा मृगौला पीडितलाई ५१ हजार सहयोग


काठमाडौं, साउन १४

बेलायतका व्यवसायी एवं सामाजिक अभियन्ता दयानिधि सापकोटाले आफ्नो जन्मदिन मनाउने सम्पूर्ण खर्च मिर्गौला रोगबाट पीडितलाई सहयोगस्वरुप प्रदान गर्नुभएको छ ।

बेलायतस्थित मिडल्याण्ड लेस्टर निवासी सापकोटाले नवलपरासीको कावासोती नगरपालिका १२ का मिर्गौला रोगबाट पीडित गणेश सापकोटालाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो । ३६ वर्षीय सापकोटाको दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले आर्थिक सहयोग याचना गर्दै आएको छ । अभियन्ता सापकोटाले भन्नुभयो, ‘म आफ्नो बर्थ डे सेलिब्रेसन गरेर रमाइलो भन्दा पीडित सापकोटाको मुहारमा उज्यालो हेर्न चाहन्थेँ, थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी छु ।’