जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार १८:१५

सेयर बजारमा ३८.८१ अंकले ओरालो


काठमाडौं, ४ असोज । सेयर बजारमा ३८ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ। मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ ।

कारोबार रकममा भने केही कमि देखिएको छ । आज एक अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको सेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २ वटाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन् ।

बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढेको छ । यस्तै, कालिका पावरको सेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ । फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ। लगानी उपसमूहका सेयरको आपूर्ती पनि अत्याधिक छ ।