जनता टाइम्स

५ आश्विन २०७९, बुधबार १५:०४

राष्ट्रपतिको कदमको स्वागत गर्दै युवा संघको र्याली


काठमाडौं, असोज ५ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको स्वागत गर्दै राष्ट्रिय युवा संघ नेपालले आज राजधानीमा र्याली निकालेको छ ।

राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गर्दै नेकपा एमाले निकट युवा संघले बुधबार काठमाडौंमा र्याली निकालेको हो । र्यालीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अगुवाइ गरिरहनुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसद्का दुबै सदनबाट पारित भएर पुन: प्रमाणीकरणका लागि आएको विधेयक प्रमाणीकरण नगर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले पुर्नविचारका लागि सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक सत्ता गठबन्धनले गठबन्धनले दुवै सदनबाट जस्ताको तस्तै पारित गरेर पुनः राष्ट्रपति समक्ष पठाएको थियो । सो विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो ।

विधेयक प्रमाणीकरण नभएसँगै त्यो स्वतस् निष्क्रिय भएको छ । विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयको गठबन्धनका ४ दलबाहेक अरु सबैले स्वागत गरेका छन् ।