जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार २०:१४

राष्ट्रिय सभाका पूर्व सचिव राधेश्याम भट्टराईको निधन


काठमाडौं, ६ असोज । राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । गएराति ह्याम्स अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । उहाँको ७७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भट्टराई २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई साहित्यकारसमेत हुनुहुन्छ । उहाँका हलेसी तीर्थ काव्यसहित दर्जनौं कविता तथा साहित्यिक कृति प्रकाशित छन् ।