जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार ०७:५७

टुकचा लक्षित बालेनको कविता : हाम्रो लास बहेसम्म…


काठमाडौं, ७ असोज । टुकुचा खोला उत्खनन रोकमा चौतर्फी दबाब आएपछि काठमाडौंका मेयर बालेन्द्र साहले नरोकिने संकेत गर्नुभएको छ ।

यस विषयमा उहाँले कविता नै लेख्नुभएको छ। उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरेका पछि उहाँले कविता लेख्दै टुकुचा उत्खननको अभियान नरोकिने संकेत गर्नुभएको हो ।

यस्तो छ उहाँको कविता

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लाश बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।