जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १२:२४

घेराबन्दी तोडनुपर्छ भन्दै एमाले भित्रिए जसपाका नेता श्रीपाइली


काठमाडौं, असोज ७ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गर्नुभयो ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गर्नुभएका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ । उहाँ सल्यान जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताउनु भयो ।