जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १९:४४

उमेश गिरीको खुलासा : गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या गरियो (भिडियोसहित)


काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका एक जना पुराना नेताले कांग्रेसका तात्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजना र एमाले नेता माधवकुमार नेपालको सहयोगमा तात्कालिन महासचिव मदन भण्डारीको हत्या भएको किटानी गरेका छन ।

पुराना नेता एवं गिरिजाप्रसाद कोइरालाका निकट सहयोगी उमेश गिरीले तत्कालीन एमाले महासचिव मदनको हत्यामा यस्तो किटानी गर्दै घटना बिवरण राख्नुभएको छ । हिमशिखर टेलिभिजनको अन्तर्वार्तामा कोइरालाका सहयोगी गिरीले मदनको हत्या नै भएको भन्दै मदन भण्डारीको हत्या योजना र घटना विवरण सार्वजनिक गर्नुभएको छ ।उक्त हत्यामा गिरिजाले योजना बनाएको र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं तत्कालीन एमाले नेता माधवकुमार नेपाल, समाजवादीकै नेता तत्कालीन एमाले नेता झलनाथ खनाल र अहिले नयाँ अभियानमा लाग्नुभएका तत्कालीन एमाले नेता बामदेव गौतमले सहयोग गरेको ठोकुवा गर्नुभएको छ ।

गिरीले माधव नेपाल लगायतले मदन भण्डारी हत्याको प्रमाण नष्ट गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराइहरूले भण्डारीलइ खोलामा हाल्ने चालक अमर लामाको हत्या गरेको पनि बताउनु भयो ।

विराटनगरको कोइराला निवासमा मदनभण्डारीको हत्या योजना बनाइएको र त्यसमा गिरिजाका भाउजु नोना कोइरालाको समेत संलग्नता रहेको गिरीले बताउनु भएको छ । हत्याको बारेमा आफूले जानकारी र क्लुहरू पाएर पनि आफ्नो पनि हत्या हुने डरले यसअघि यस विषय बाहिर ल्याउन नसकेको गिरीको भनाई छ ।

आफ्नो जीवनको उत्तरार्धमा भने सत्य बताउन चाहेको भन्दै गिरीले मदन भण्डारीको हत्याबारे आफ्नो धारणा राख्नुभएको छ । मदन भण्डारी बाँचिरहँदा नेपालमा कांग्रेस सिद्धिने त्रासले गिरिजाले हत्या गराएको उहाँको दाबी छ । गिरी कोइरालका अत्यन्तै निकटमा व्यक्ति मानिन्छन भने कोइराला परिवारकै नातेदारसमेत हुुनुहुन्छ ।

२१ मिनेट २३ सेकेण्डबाट सुन्नोस यो भिडियो