जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १०:३३

बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौं, असोज ९ । काठमाडौंको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए ।