जनता टाइम्स

९ आश्विन २०७९, आईतवार २२:३१

चोरी आरोपमा पक्राउ परे कांग्रेसका निर्वाचित वडासदस्य


पोखरा, असोज ९ । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का निवासी खरजंग गुरुङ रहेका छन् । पक्राउ परेका गुरुङ वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।