जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १८:२६

कांग्रेसबाट देशको हित संभव छैन भन्दै मकवानपुरका चर्चित नेताले त्यागे पार्टी


हेटौंडा, असोज १० । चुनावको मिति नजिकिँदै जाँदा मकवानपुरमा कांग्रैसका चर्चित नेताले पार्टी परित्याग गरेका छन । नेपाली कांग्रेसको बागमती गाउँपालिका वडा नं ८ निवासी किशोर रानाले सो पार्टी परित्याग गर्नुभएको हो ।

२० बर्षदेखि नेपाली काँग्रेस मकवानपुरमा क्रियाशिल सदस्यका रुपमा रहनुभएका रानाले कांग्रैसबाट अव मुलुकको हित संभव नहुने देखेर पार्टी परित्याग गर्नुभएको छ । नेपाली काँग्रेसका सक्रिय सदस्य, क्षेत्रीय प्रतिनिधि, नेपाल तरुण दल बागमती गाउँपालिकाका सभापति भएका रानाले पार्टी परित्यागको घोषणा गर्नुभयो उहाँ नेपाल तरुण दलको वडा, गाविसदेखि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो ।

स्वतन्त्र भएर जनताको सेवा गर्नका लागि पार्टी त्याग गरेको उहाँले बताउनु भयो । पछिल्लो समय राजनीतिक दलले आफ्नो फाइदाका लागि गठबन्धन गरेर जनताको मतलाई अपमान गरेको गरेको र जनतालाई गुमरामा राखेर राजनीतिक दलले सधैं जनतालाई झुक्याउने काम गरेको उहाँको भनाइृ छ ।

रानाले अब जनताको सेवा गर्न बैकल्पिक शक्तिको अभियानमा जुटेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभयो । उहाँले मकवानपुरको क्षेत्र नं १ को प्रदेश क बाट उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको छ । शिक्षा, स्वास्थ्य र कृषिमा आम जनताको सहज पहुँच पुर्याउन आफुले उम्मेद्वारी दिन लागेको उनको प्रतिक्रिया छ । प्रदुषित बागमतीका कारण स्थानीयलाई प्रतिकुल प्रभाव पारेकाले बागमती पीडितलाई क्षतिपूर्ति दिलाउन आफ्नो उम्मेद्वारी रहेको उहाँले बताउनु भयो ।