जनता टाइम्स

१० आश्विन २०७९, सोमबार १८:४३

एमाले प्रवेश गरे धादिङका यी कांग्रेस नेता


काठमाडौं, असोज १० । नेपाली कांग्रेस धादिङका सदस्य रणबहादुर शाही र कांग्रेस ज्वालामुखी गाउँपालिका कार्यसमिति सदस्य लालबहादुर कार्की नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आयोजित एक कार्यक्रमबीच उहाँहरु नेकपा एमाले प्रवेश गर्नुभएको हो । रणबहादुर ज्वालामुखि गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष समेत हुनुहुन्छ ।

कांग्रेस नेताहरुलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो । उहाँले सही पार्टी छनोट गरी कांग्रेस त्यागेर आएकोमा धन्यवादसमेत दिनुभयो ।