जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १२:४०

दसैको मुखमा बढ्यो उपमेयर सुनिताको सक्रियता, ठगिएको महसुश भए हटलाइन नम्बर


काठमाडौं, ११ असोज । आज वडादसैंको दोश्रो दिन, वजारमा चहपहल ह्वात्तै बढेको छ । वजारमा उपभोक्ता बढेसँगै काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले पनि सक्रियता बढाउनुभएको छ । चाडवाडमा उपभोक्ता ठगिने भएकाले उपमेयर डंगोलले वजार अनुगमनलाई तिब्र बनाउनु भएको हो ।

उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ।

डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन् ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु विक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै क्रममा डंगोलले भन्नुभयो, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ।’

उहाँले आजटुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी र फलफूल बजामा अनुगमन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार आजै त्यहाँ आसपासका खाद्यन्न पसलहरुमा पनि महानगरपालिकाले अनुगमन गरेको छ।

‘हामीले आजै भाटभटेनीमा पनि अनुगमन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आजको अनुगमान मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटायौँ। उहाँहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरेका छौँ। म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँँ। हामीले अनुगमन त्यहि अनुसार गरिरहेका छौँ।’

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा विक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताउनुभयो।

‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै विक्रि गर्न भनेका छौँ’, उहाँले भन्नुभयो ।