जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १३:४१

भक्तपुरमा भोलिदेखि ख्वप फुटसल टुर्नामेन्ट


भक्तपुर, ११ असोज । भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भोलीदेखि हुन लागेको टुर्नामेन्ट दुई दिन चल्नेछ । प्रतियोगितामा उत्कृष्ट टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ ।

प्रतियोगिता अन्तर्गत छात्र र छात्रा गरी दुई समूहमा हुनेछन् । पहिलो दिन छात्रतर्फ आठवटा र छात्रातर्फ चारवटा खेल हुनेछन् ।

प्रतियोगितामा कजेको विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशाश्त्र संकायमा स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी हुने जनाइएको छ । प्रतियोगिता भक्तपुरको सूर्यविनायकस्थित हेल्थी फुटसल इटबु सूर्यविनायकमा हुने जनाइएको छ ।