जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार १७:००

आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार आरोपमा एक पक्राउ


भक्तपुर, १२ असोज । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका–५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।

आफ्नै घरमा काम गर्ने १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताउनुभयो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उहाँलाई प्रक्राउ गरेको उहाँले जनाउनुभयो । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।