जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार १७:२४

चट्याङ लागेर दुई जनाको मृत्यु


सुनसरी, १२ असोज । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर आज विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादव छन् ।

उनीहरुको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिव एक किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।