जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार ०९:२१

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर


काठमाडौं, असोज १३ । माछापुच्छ्रे बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एनसिएचएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो ।

बैंकले चाडबाडको समयमा हुने किनमेलमा ग्राकहरूलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो  । बैंकले ल्याएको उक्त अफर असोज ८ गतेदेखि १४ गतेसम्मका लागि लागू हुनेछ ।

जसअन्तर्गत बैंकका ग्राहकले नेपालपे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार  गर्दा एक पटकमा १० प्रतिशत वा  अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरी कपडा एवम् जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट सञ्चालनमा ल्याएको छ ।