जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १०:३२

एमाले उपाध्यक्ष सुरेन्द्र र बागमतिका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक


काठमाडौं, असोज १३ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।
नेताद्वय पाण्डेका ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमा आफ्नी आमाको निधन भएको खबर लेख्नु भएको छ । पाण्डे परिवारले जनाए अनुसार उहाँका आजै पशुपति आर्यघाटमा मनमायाको दाहसंस्कार गरिनेछ ।