जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १७:४६

१८ करोडमा लक्ष्मी बैंकले मोरङमा किन्यो जग्गा


मोरङ, १४ असोज । लक्ष्मी बैंकले १८ करोड २५ लाखमा जग्गा खरिद गरेको छ । बैंकको सञ्चालक समितिको निर्णय बमोजिम बैंकले असोज १३ गते मोरङमा रु १८ करोड २५ लाख मूल्यमा जग्गा खरिद गरेको हो ।

बैंकले स्वप्रयोजनका लागि विराटनगर महानगरपालिका वडा नं. ९, मा उक्त मूल्यमा जग्गा खरिद गरी सोको स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएको जनाएको छ ।