जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १३:४५

महोत्तरी ट्राफिकको सक्रियता : आधा दर्जन सहायता कक्ष, दैनिक दुई सय सवारीसाधन कारबाहीमा


महोत्तरी, २० असोज । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाइ कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थपना गरिएको छ ।

‘बिगतमा देखिएका समस्यालाइ मध्येनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौ,’ उहाँले भन्नुभयो,‘यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या समाधान हुने बिस्वास लिएका छौ ।’ ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाइ आग्रह गर्नुभयो । सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ ।

जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् । प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छडके चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिनुभयो । प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक ब्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन ।

६ महिनाको अवधीमा नै उहाँले गौशाला नगरपालिकासगं समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाउनुभएको छ । जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएको छ । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाइ अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।