जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १४:१३

केपी ओलीसँग तुलना गर्न लायक नेता कोही छैनन : कर्ण मल्ल (भिडियोसहित)


काठमाडौं, असोज १६ । नेपाली कांग्रेस बिपी समुहका नेता कर्ण मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तुलना गर्न लायक नेता नेपालमा कोही पनि नरहेको ठोकुवा गर्नुभएको छ ।

राष्ट्रियताको सवालमा, काम गर्ने दृढ आत्मबिश्वासको सवालमा, जनताका समस्या सम्बोधन, समृद्धिदेखि हरेक सवालमा केपी ओलीभन्दा सयौं गुणा तल अरु नेता रहेको मल्लले ठोकुवा गर्नुभएको हो ।

‘केपी ओली नभएको भए लिपुलेक, लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी हुने थिएन । शेरबहादुर देउवा र नेपाली कांग्रेस चुच्चे नक्सा पास गर्ने पक्षमा थिएनन । केपी ओलीले लत्रिएर आउन बाध्य पार्नुभयो,’ ओटिभी नेपालसँगको अन्तर्वार्तामा मल्लले भन्नुभयो ।

मल्लले चुच्चे नक्साकै कारण केपी ओलीलाई सरकारबाट हटाएको र ओलीबिरुद्धको गठबन्धन वा घेरावन्दी त्यही कारण भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवादेखि पुष्पकमल दाहाल, प्रचण्ड, माधव नेपालसहित सवैको भण्डाफोर गर्नुभयो ।

‘चुच्चे नक्सा पास गर्ने कुरा धेरै ठूलो हिम्मत हो । अरुले त्यो हिम्मित नै गर्ने थिएनन । चुच्चे नक्साको कुरा जारी त परै जावस, चर्चा नै हुने थिएन केपी ओली नभएको भए,’ मल्लले भन्नुभयो ।