जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १७:५३

आफ्नै कार्यालयका महिला प्रहरीमाथि बलात्कार आरोपमा इन्सपेक्टर पक्राउ


धादिङ, असोज १६ । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कार्यालय प्रमुखसमेत रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको हो । पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक ढुंगाना सोही कार्यालयमा कार्यरत थिए । ढुंगानाबिरुद्ध महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले ढुंगानालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझ्ने काम भइरहेको बताउनु भयो । प्रहरी निरीक्षक ढुंगानाले बलात्कारको आरोप लगाउने महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए ।