जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार १४:२२

यसकारण माओवादीले समानुपातिक बन्दसूचीबाट हटायो महराको नाम


काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।

महराको नाम हटाइएको माओवादी स्रोतले पुष्टि गरेको छ ।

यस्तै महराले भने प्रत्यक्ष चुनाव पनि नलड्ने भएका छन् । २०४८ सालदेखि लगातार टिकट पाएर पनि जित्नुभएको महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो । महराकै निर्देशनमा नाम हटाइएको माओवादीले जनाएको छ ।