जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १२:१८

९ दिनपछि आज शेयर कारोबार


काठमाडौं, २३ असोज । आजबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार हुने भएको छ । दशैँ विदा सकिएर ९ दिनपछि आज शेयर कारोबार हुन लागेको हो । असोज १३ गतेपछि आज सरकारी कार्यालय खुलेसँगै पहिलो पटक शेयर कारोबार हुने भएको हो ।

असोज १३ गते दशैँ अगाडीको अन्तिम शेयर कारोबार हुँदा नेप्से सूचक १६.२९ अंकले बढेको थियो भने ६३ करोड २४ लाखको कारोबार भएको थियो । असोज १४ गते शुक्रबार र १५ गते शनिवार परेकाले शेयर कारोबार बन्द भएको थियो त्यसपछि १६ गतेदेखि दशैँ विदा सुरु भएको थियो ।