काठमाडौ, २४ असोज । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त हुनुभएको छ ।
कम्पनी सञ्चालक समितिको १३ असोजको निर्णयअनुसार २४ असोजदेखि लागू हुने गरी पन्त पुनः सिइओ नियुक्त हुनुभएको हो ।
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिइओ पन्तको कार्यकाल चार वर्षको हुनेछ ।














प्रतिक्रिया दिनुहोस्