जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १४:१७

अष्ट्रेलिया र अमेरिकालाई उछिन्दै नम्बर वान बन्यो एनआरएन युके


लन्डन, साउन १६ । गैर आबासिय नेपाली संघ (एनआरएनए) बेलायत एनआरएनएको सवैभन्दा बढी सदस्य भएको मुलुकमा दर्ज भएको छ । एनआरएनए बेलायतले १३ हजार ८ सय ९० पंजीकृत सदस्य बनाएर आफूलाई बिश्वको सबैभन्दा बढी पंजीकृत सदस्य भएको एनसीसी बन्न सफल भएको हो ।

एनआरएनएलाई जनस्तरमा पुर्याउने अभियान अन्तर्गत बेलायतको ४ राज्यमा एकसाथ गरिने निर्वाचन समेतलाई ध्यानमा राखी सदस्यता बनाउने अभियान थालिएको थियो । सो अभियानबाट एनआरएनए युकेलाई ठुलो सफलता मिलेको हो ।

हाल एनआरएनए अस्ट्रेलियाको ११ हजार ६ सय १७ पंजीकृत सदस्य रहेका छन भने अमेरिकाको ९२१८ सदस्इ रहेका छन । दुवै देशलाई उछिन्दै गैर आबासिय नेपाली संघ बेलायत पहिलो भएको हो ।